Thursday, February 15, 2007

एकलैइ बिताइयो प्रणय दिवस्

(It was a very horrible experience to type in Nepali. When I started typing, I thought to make a story but later on, it turned to be a nice Nepali Typing practice. If there are any mistakes, Kindly read with Correction.) I hope that you drop few words after reading it.
के गर्ने? गर्ल फ्रेन्ड हुने लाई पो मोज मस्ती छ त, नहुने हामी जस्ता लाई के आयो के गयो, के मतलब मेरा मित्र मुलचन्द्र सधैं यसो भन्छन ।अनि सम्झाउनु पर्छ मैले । म भन्छु हे मुला यो उमेरमै यती धेरै हरेस खाको जीवन त लामो छ नि यार, गर्ल्फ्रेन्ड "मुला" अथवा "मुली" त कति भेटिन्छन कति। त्यो गीत सुन्या छैनौ, खुट्टा भए ता जुत्ता का ताती कि के अरे त्यो "बार्ता गराइदेउ भन्ने गीत"
मुल् भन्छ्न् हो हुन ता अनि केहि कुरा सोच्छन उनि, अनि उनि भन्दा पनि धेरै सोच्न थाल्छु म।भन्न त भनियो, कुरा नाथे गर्न पो केहि चाहिदैन त तर केटि पट्याउन कम गार्हो छ यहा यो जमनामाआखिर केटी हरु को सग र किन पट्छन यो बुझ्न धेरै गार्हो छ ।त्यो, त्यो भन्छ्न नि अङ्रेजिमा "दिस् इज नट माइ कप अफ टि"
साच्ची तेस्तै हो केटी पट्याउनु मेरा लागि र मुलचन्द्रका लागि पनि आखिर केटी हरु कस्तो केटा चाह्न्छन त ? मुल्चन्द्र प्रश्न गर्छन/ मलाई थाहा छ म सग कुनै उत्तर छैन । तर मैले मुललाई केही, केही त जवाफ दिनै पर्छ/ किनकी मुल म सग त्यो आशा गर्छन । मलाई थाहा छ म गलत जवाफ दिदैछु तर पनि म भन्छु, "को सग पटिन्छन? हामी जस्तैसग नि/" तेसो भए अहिले सम्म किन मैले एउटा पनि केटी पट्याउन सकिन त? मुल गुनासो गर्छन । गुनासो गर्नु पर्ने कुरा के छ र मित्र, मेरो पनि त कोइ छैन यो उमेरसम्म/ अब मुल लाई मेरो फिलोसोफि दिन थाल्छु म। कोट गर्छु म लभ् का बारेमा केहि सायरिहरु र भन्छु, "तीन जना नाम चलेका मेरा साथी हरु को को हुन् थाहा छ तिमिलाइ?"
को? मुल पर्श्न गर्छन/
केतन छैन केतन?
मुल पहिले अँ भन्छन अनि सम्झने प्रयास गर्छन को होला त्यो लठुवा भनेर। म आशा गर्छु मुल ले सम्झिए अनि म एक्सुर मा फलाकी रहन्छु।
केतनले भनेको उस्ले लाइफ मा गर्ल्फ्रेन्ड बनाएर धेरै कुरा गुमायो रे।
उ भन्छ "बिकोज ओफ गर्ल्फ्रेन्ड्, हि कुड्नट डु मेनी थिङ्स् इन हिज लाइफ" आइ से हिम इन ईंग्लिश।
मैले केतन् लाइ यसरि कोट गरे मानौकि म कुनै ठुलो फिलोसोफरलाई कोट गर्दैछु । मेरो आशा थियो मुल ले केही सुन्लान भन्ने तर यो कुराले मुल लाई पट्क्कै छुदैन । यस्तो लाग्छ मानुकी मुल को सुन्ने सक्ती नै हराइसकेको छ/
मुल फेरि सोध्छन " के कमि छ र हामीमा?"
धेरै कुरा मुल। हामी सग बाईक छैन, मोबाईल छैन, भने जती वालेटमा क्यास छैन।अनि केटी किन पट्टीनथे त हामी सग? अब म पर्श्न गर्छु मुल लाईफेरि थप्छु म देखेनौ सिवेक लाइ र हुसन रामलाइ, मुला हरुले बाइक हुदा कसरि केटि घुमाये/
हो यार, मुल भन्छन अनि थप्छन्-तेसो भए बिना गर्ल्फ्रेन्ड नै बित्ने भो त यो पाली को भ्यालेनटाइन डे पनि।बितोस् बितेकै त हो नि दिन हरु यसरी नै हिजो पनि, "नो रेग्रेट म्यान्", आइ एडड इन अमेरिकन एक्सेन्ट.
हाम्रो कुरा छेउ बाट सुनिरहेका छन नसोक रहर (यो नाम हो) भाइ।भाई ले सोध्छन सबै केटी पैसाकै पछि मात्र दगुर्ने हुन त?
हाम्रो गौरभ ब्रो थप्छ (उस्को निकनाम झ्याप्ले हो) "द्य्याट्स् अ मिल्लिओन् डलर् क्वेसन् बेबि"
अनि डिस्कसन सुरु हुन्छ । केटाहरु आफ्नो आफ्नो अन्भब सुनाउछन ।
अनि डिस्कसन सुरु हुन्छ । केटाहरु आफ्नो आफ्नो अन्भब सुनाउछन ।
बट आइ एम रिलक्टन्ट टु अक्क्सेप्ट देम सम् अफ दि टाइम
आइ सिम्पलि एड "हु द हेल गोन्ना केयर बेबी?"
केटा हरु केटी हरुका बारेमा कुरा गर्छन्, थप्छन कसले दिउसै रात पारी रे, कसैले जोन अब्राहम जस्तो गौरे लाई भाउ नै दिन रे र अमेरिका तिर भासिइ रे, कसैले चाँही एस एल सि नै पास नगरि बिहे गर्छु भनेर बाउ सग झगडा नै गरेका थिये रे
सबैका आफ्ना आफ्ना कथा छन्, सुनाउछन भाका नभाका कुरा र सबै हासछन मरी मरी।
कसैलाई दुख छैन प्रनय दिवस तेतिकै बितेको मा।
तर अन्तमा हाम्रा मित्र गेडी बहादुर थप्छन (मान्छे अलि गन्थने खाल्का छन्) मान्छे कोइ खराब हुन्छन कोइ असल, केटा खराब हुन्छन, केटी खराब हुन्छन्, केटा अशल हुन्छन्, केटी अशल हुन्छन/
सबै लाई एउटै क्याटेगोरी मा राख्न कहाँ मिल्छ र ! मुल केही सम्झे झै गर्छन अनि थप्छन हो बा हो ।हासो को बिच्मा म थप्छु "मुल पुरानो कुरा याद आयो? त्यो गाउ मा हुदाको?"
हस्ने क्रम रोकिदैन, मानौ यस्तो लाग्छ ग्र्ल्फ्रेन्ड नभ्कोमा कोइ दुखी छैन। कसैलाइ प्रनय दिवस को मतलब पनि छैन।
(यो काल्पनिक कथा हो-यहाँ लेखिएका नाम हरु कल्पनिक हुन र यसलाई मान्छे हरुको साधारण गफ्गाफ्को रुपमा लिइदिनुहोला/)

3 comments:

  1. Thanks for signing up and we value your support in this call to Hyderabadi Bloggers.
    We are trying our best to gather as much as possbile (I mean the sound and the fury, show and tell, look and feel of our true colors).
    Push, pull or do whatever to bring more people join the event of uniting Hyderabadi Bloggers.
    Best, MT and the Team of Hyderabadiz

    ReplyDelete
  2. man liked the article .. and nepali typing was good u even took care of "nepali matraa (like hraswa dirgha)". good man. but tell me u have a gf dont u? somewhere near i live.may be u dont have a local gf in hyderabad so u writing this.

    ReplyDelete